सिबिआईएल क्यापिटले डाक्यो साधारण सभा २५%लाभांश पारित

१२ आश्विन २०७८, मंगलवार १३:३७

१२असोज, काठमाडौं । सिबिआईएल क्यापिटलको १५औं वार्षिक साधारण सभा कात्तिक ५ गते डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा दिनको ११ बजे शुरु गर्ने क्यापिटलले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत ९कर सहित० का दरले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २० गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds