भेरोसेलको दोस्रो डोज काठमाडौंमा भदौ ९ गतेदेखि दिइने
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ९ गतेदेखि खोपको दोस्रो डोज लगाइने भएको छ ।
साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ । काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइनेछ ।
सम्बन्धित खबर
सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख उपचार खर्च दिने
१९ मंसिर २०८२, बिहीबार
नबिललाई एनबी गाभ्न बाटो खुल्यो
१९ मंसिर २०८२, बिहीबार
महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयरमा जोड
१९ मंसिर २०८२, बिहीबार
