विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा

बैंकिङ BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

८ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए।

सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp