नवलपरासीमा डुबानका कारण आधा दर्जन बढी सरकारी कार्यालय बन्द

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौँ – पश्चिम नवलपरासीमा अविरल वर्षाका कारण डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरू बन्द गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्यालय, नापी कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन लगायतका कार्यालयहरूको सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत शुक्रबार अविरल वर्षाका कारण आएको बाढीले सदरमुकाम परासी बजार पुरै डुबानमा परेको थियो ।

सो बाढीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना ब्यारेक पनि डुबानमा परेको थियो । त्यसैगरी यता कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, नापी कार्यालय, निर्वाचन कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका करिब एक दर्जन सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp