काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।
अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाडौं आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।
हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुु ओहोरदोहोर गर्दछन् । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
एमसिसी पास गर्ने सरकारी तयारी : देशभर उच्च सुरक्षा सतर्कता
१९ मंसिर २०८२, बिहीबार
विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर
१९ मंसिर २०८२, बिहीबार‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’
१९ मंसिर २०८२, बिहीबार
