ई–सिम ल्याउँदै नेपाल टेलिकम
काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेको चिप जडित सानो कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो ।
यसका लागि नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राखेर योजना कार्यान्वयनमा ल्याउनेछ ।
नेपालमा उक्त ई-सिम कार्यान्वयनमा आए हाल सिम कार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने टेलिकमको दाबी छ । टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने तयारी रहेकाले सिमकार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने भएको हो ।
विशेषगरी छिमेकी देश भारतमा समेत ई–सिमको प्रचलन शुरू भइसकेको छ । भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक जियोले ई–सिम कार्यान्वयनमा ल्याइसकेको छ ।
के हो ई–सिम ?
ई-सिम मोबाइल फोनमा प्रयोग हुने भर्चुअल सिम हो ।
ई-सिम मुख्य डिभाइसका लागि प्रयोग हुनेछ । उक्त डिभाइसमा सिम कार्डबिनै मोबाइल तथा डिभाइसमा इन्टरनेट तथा फोन गर्न सक्ने व्यवस्था हुनेछ ।
हाल नेपाली बजारमा सिम कार्ड किने मोबाइलको डिभाइसअनुसार सिम कार्डको प्रयोग गर्नुपर्दछ । तर आगामी दिनमा ई–सिम कार्यन्वयन आएमा उक्त सिम कार्ड किनेर हाल्नुपर्ने बाध्यता हट्नेछ ।
ई-सिमको अवधारणा सञ्चालनमा आएमा अहिले सिमकार्ड किन्ने प्रचलनको अन्त्य हुने टेलिकमको भनाइ छ । जसमा डिभाइसमै सम्पूर्णसिमको सेवा सुविधा भएकाले सहज हुनेछ ।
‘ई-सिम प्रयोगमा आएपछि टेलिकमको सेवा प्रदायक कार्यालयमा गएर सिम लिन आवश्यक पर्दैन,’ उनले भने, ‘अबको दिनमा भौतिक रुपमा उपस्थित भई गर्ने कार्यको अन्त्य हुनेछ ।’
ई-सिम कार्ड हरायो, वा बिग्रियो भनेर हुने तनाव समेत नहुने देखिन्छ । ई-सिमले अपरटेर परिवर्तन गर्दा दोस्रो सिम कार्ड लिने झन्झट समेत पर्दैन । टेलिकम सेवा प्रदायक समेत फरक–फरक रहेकाले उनीहरू परिवर्तन गर्न चाहेमा समेत सहजै गर्न सकिने सुविधा रहेको छ ।
आइफोन, सामसुङ, गुगल, मोटोरोला जस्ता स्मार्ट फोनमा ई–सिमको सुविधा रहेको छ । ती कम्पनीको मोबाइलमा ई-सिम सपोर्ट गर्ने विवरणहरू सार्वजनिक भएका छन् ।
सम्बन्धित खबर
आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार रुपैयाँ जित्न सकिने
१९ मंसिर २०८२, बिहीबार
विशाल बजार कम्पनी लगायतका २५ संस्थाका पदाधिकारीलाई कारबाही गर्न महालेखाको सिफारिस
१९ मंसिर २०८२, बिहीबार
देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु
१९ मंसिर २०८२, बिहीबार
