नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना ( साउन)मा नेपालबाट हुने निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएको हो।

विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

अघिल्लो वर्षको साउनमा ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा २० अर्ब ७६ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ।

विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ। भटमासपछि पाम र सूर्यमुखी तेलको निर्यात बढेको छ।

यस अवधिमा आयातसमेत ७५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा रू. ८५ अर्ब ८० करोडको आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको तथ्यांकविभागको छ।

यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ।

यसैगरी, मोबाइलको आयातसमेत उच्च छ।  आयात हुने बस्तुमा फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तुसमेत उच्च छ।

निर्यातमा उल्लेख्य सुधार भए पनि पहिलो महिनामै  १ खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ व्यापारघाटा भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp