ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’
महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।
‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’
धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।
२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।source:Ratopati
सम्बन्धित खबर
राष्ट्र बैंक शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै
१९ मंसिर २०८२, बिहीबार
कर कार्यालयले दियो दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने ‘अल्टिमेटम’
१९ मंसिर २०८२, बिहीबार
इसेवाबाट नेपाल लाइफको बीमा शुल्क बुझाउनुहोस् क्यासब्याक र आइफोन १२ पाउनुहोस्
१९ मंसिर २०८२, बिहीबार
