धितोपत्र बोर्डका अध्यक्षमाथि छानबीन गर्न समिति गठन

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौँ – धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ।

सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ।

सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’मार्फत प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेको छ। सो कम्पनीको सेयर जारी हुने भएपछि अध्यक्ष ढुंगानाले पदीय मर्यादाविपरित छोरीका नाममा सेयर खरिद गरेको भन्दै विवादित भएका हुन्।

विवाहित छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको खुलेको छ।

यसै सम्वन्धमा अनुसन्धान गर्न मन्त्रिपरिषद बैठकले समिति बनाएको हो। उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा बनेको समितिमा विज्ञ सदस्य प्रा.नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको कानुमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

ढुंगानाले भने आफूले कानूनविपरित कुनै पनि काम नगरेको दावी गर्दै आएका छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp