नबिल बैंकले ल्यायो ‘डिजी वर्क स्पेस’
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौँ – नबिल बैंकले ‘नबिल डिजी वर्क स्पेस’ ल्याएको छ। कर्मचारीको दक्षता स्तरोन्नतीका लागि उक्त योजना ल्याइएको बैंकले जानकारी दिइएको छ।
यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले बताएको छ। उक्त योजनाअन्तर्गत कर्मचारीले आफुले गर्नुपर्ने दैनिक काम वर्क स्पेसमा गएर इन्ट्री गर्ने छन्।
विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ। बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले स्पेसमा आएको काम स्विकृत गरे।
अब फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन्। त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गरिने बैंकको भनाई छ।
नबिल बैंकका १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट छन्।
