सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने
२५ भदौँ, काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले ग्रोडेली सामान खरिदमा आकर्षक छुट पाउने भएका छन् । यसका लागि मोवाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंक र ग्रोडेलीबीच मोबाइल बैकिङ प्रयोगकर्तालाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीको प्रवर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले ग्रोडेली मार्पत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सम्बन्धित खबर
विरगंजमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा
१९ मंसिर २०८२, बिहीबार
आर्थिक वर्षको पहिलो महिना मुद्रास्फीति ४.३५ प्रतिशत
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
१९ मंसिर २०८२, बिहीबार
