राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ।
सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा पनि रहेको बैंकले जनाएको छ।
यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शतप्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ।
देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिनेछ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।
सम्बन्धित खबर
निफ्राको ८.५ प्रतिशत लाभांश दिने घोषणा
१९ मंसिर २०८२, बिहीबार
यी हुन संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने बैंकिङ उद्यमी र बैंकरहरु
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ बिकास बैंक बन्यो सबैभन्दा बढि नाफा कमाउने बिकास बैंक
१९ मंसिर २०८२, बिहीबार
