सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने
२८ भदौँ, काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ। सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा जिरो इएमआई प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि(बुकिङ्ग गर्न सक्नेछन् ।
साथै, प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । भदौ २० गतेबाट प्रि(बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ । प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन् ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा यति एयरलाइन्स पनि
१९ मंसिर २०८२, बिहीबार
दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक, बम्पर उपहारका साथै आकर्षक बोनस
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
१९ मंसिर २०८२, बिहीबार
