Banking Khabar
Heading3

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २९ करोडको कारोबार

September 13, 2021
सेयर:

काठमाडौं- नेपालको पुँजीबजार आज झिनो अंकले बढेको छ। गत साता लगातार उच्च अंकले घटेको पुँजीबजार आइतबार उच्च अंकले सुधार भएको थियो। साताको दोस्रो दिन सोमबार (आज) पनि बजार सकारात्मक बनेको हो।

सोमबार पुँजीबजार मापक परिसूचक नेप्से ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा कायम भएको छ।

आज कारोबार रकम भने घटेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। नेप्सेका अनुसार सोमबार नौ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नौ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार कूल २२६ वटा कम्पनीका एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर ९३ हजार २१८ पटक खरिद-बिक्री भएका थिए।

कारोबार भएकामध्ये आज ७६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ।