इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक, दुई हजार ३९ उत्तीर्ण (सूचीसहित)
काठमाडौं- रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
सोमबार लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् । भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ । असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुने जनाइएको छ । उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।
अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया शुरु गर्ने विभागले जनाएको छ ।
इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाइ टिकटलगायतका खर्च आफै व्यहोर्नु पर्नेछ ।
केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।
उत्तीर्ण हुनेहरुको सूची
http://https://drive.google.com/file/d/1-nBc36H9jSB1a8HTZR3jSFR4N5zqQ06p/view
सम्बन्धित खबर
८ महिनामै १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले घटाए ब्याजदर
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकद्वारा ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार, रायसुझाव दिन आग्रह
१९ मंसिर २०८२, बिहीबार
