१२५ सीसीदेखी हजार सीसीसम्मको मोटरसाइकलको मूल्य बढ्यो, कुनको कति बढ्यो कर ?

Heading3 BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौँ – सरकारले मोटरसाइकलको अन्तस्शुल्क बढाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्तस्शुल्क बढाएका हुन्।

सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ।

यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो।

यस्तै भन्सार शीर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बढेको छ। अब यो शीर्षकमा ६० प्रतिशत अन्तःशुल्क लाग्नेछ।

यो शीर्षकमा यसअघि ५० प्रतिशत कर लाग्दै आएको थियो। भन्सार शीर्षक नम्बर ८७११.३०.९० मा आयात हुने अन्य शीर्षकमा पनि २० प्रतिशत अन्तःशुल्क बढाइएको छ। यो शीर्षकमा ६० प्रतिशत अन्त:शुल्क लाग्दै आएको थियो।

भन्सार शीर्षक नम्बर ८७११.४०.०० मा आयात हुने ५ सय देखी ८ सय सीसी क्षमतासम्म ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ। ८ सय सिसीभन्दा बढी सीसीको मोटरसाइकलमा १ सय प्रतिशत अन्तःशुल्क लिइने छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp