ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचबिखनमा परि उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनाेका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउने छ । संस्थानले छनाेट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।
याे समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गर्नुभएको छ ।
सम्बन्धित खबर
सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंकद्धारा झापाका किसानलाई मेगा किसान कार्ड वितरण
१९ मंसिर २०८२, बिहीबार
रैराङ हाइड्रोपावरको १२.६ प्रतिशत नगद लाभांश प्रस्ताव, साधारण सभा कात्तिक १७ गते
१९ मंसिर २०८२, बिहीबार
