बडा दशैंको अवसरमा सानिमा बैंकद्वारा विशेष योजना
१ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।
सो योजना अन्तर्गत आश्विन १ गतेदेखि लागू हुने व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।
त्यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।
यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा रहेको छ ।
साथै, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।
सम्बन्धित खबर
नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने
१९ मंसिर २०८२, बिहीबार
वाणिज्य बैंकमा जागिर खुल्यो, सहायकदेखि वरिष्ठ प्रबन्धकसम्म ८१४ कर्मचारी माग
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंक र MOCO एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी
१९ मंसिर २०८२, बिहीबार
