हिमालयन बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
बैंकले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको जानकारी दिएको छ ।
बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।
सम्बन्धित खबर
बैंकका कर्मचारीहरुको बोनस २० प्रतिशतले वृद्धि, हेर्नुस कुनको कति ?
१९ मंसिर २०८२, बिहीबार
दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक, बम्पर उपहारका साथै आकर्षक बोनस
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने
१९ मंसिर २०८२, बिहीबार
