नेपाल बंगलादेश बैंकको १०औं बिस्तारित सेवा हेटौँडामा

बैंकिङ BusinessSarokar | ५ माघ २०८२, आइतबार

१ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औ बिस्तारित सेवा केन्द्र शुरु गरेको छ ।

हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस बिस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै वित्तीय पहुँच पुर्याउनेछ ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp