लाइसेन्सको नयाँ आवेदन असोज दोस्रो सातादेखि
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)का लागि नयाँ आवेदन असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। कोभिड–१९ कारण बन्द भएको पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट नयाँ भर्न सकिने विभागले जनाएको छ।
बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनुनपर्ने व्यवस्था कार्यविधिमा छ।
लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।
सम्बन्धित खबर
सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे
१९ मंसिर २०८२, बिहीबार
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान
१९ मंसिर २०८२, बिहीबारआजको मौसम : कुन-कुन स्थानमा हुँदैछ वर्षा ?
१९ मंसिर २०८२, बिहीबार
