आईपीओ निष्कासनको तयारीमा अप्पर स्याङ्गे हाइड्रोपावर
Heading3
BusinessSarokar
|
१५ पुष २०८२, सोमबार
काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ।
शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो। सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत पेश हुने जनाइएको छ।
यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोही अवधिको नगदप्रवाह विवरणसमेत अनुमोदन गर्नेछ। साथै, सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ।
