ङादी ग्रुप पावरले पारित गर्यो बोनस र २०० प्रतिशत हकप्रद प्रस्ताव

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

३ असोज, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतवार आठौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सभा सम्पन्न गरेको हो ।

सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० को २०० प्रतिशत अर्थात् १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp