इसेवाको ‘चाडपर्वको बहार, दिनदिनै उपहार’ सार्वजनिक

समचार BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं – इसेवा मनि ट्रान्सफरले दसैं तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ।

योजना अन्तरगत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले बताएको छ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सयभन्दा बढी देसबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउनु पर्नेछ।

यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ।

योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर, २ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होन्डाको डियो स्कुटी जित्न सक्नेछन्।

यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp