क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित
अन्तराष्ट्रिय
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ ।
४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् । ६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गर्नुभएको छ ।
प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ ।
क्यानडामा अहिले तीन ३८ सिटका लागि चुनाव भएको हो । बहुमतका लागि कम्तीमा एक सय ७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।
सम्बन्धित खबर
बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान
१९ मंसिर २०८२, बिहीबार
कम भन्सार मूल्यांकनले भारतीय चोकर आयात बढ्यो, नेपाली उद्याेेगी मारमा
१९ मंसिर २०८२, बिहीबार
साधना लघुवित्तको २६.३१ प्रतिशत लाभांश, बुकक्लोज कात्तिक ३ देखि
१९ मंसिर २०८२, बिहीबार
