विमान कम्पनीले अफरसहित सुरु गरे पर्वतीय उडान
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौं– कोभिड–१९ महामारीका कारण रोकिएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ। महामारी जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्। नेपालमा विभिन्न वायुसेवा कम्पनीले सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान गर्दै आएका छन्।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने एक सूचना प्रकाशित गरी जानकारी दिएको छ। नौ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको कम्पनीले जनाएको छ। पर्वतीय उडानमा एटीआर जहाजको प्रयोग गरिने कम्पनीको भनाइ छ।
निजी क्षेत्रकै अर्को वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिबार र आइतबार पर्वतीय उडान गर्ने भएको छ। कम्पनीले आठ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने जनाएको छ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ। नजिकिएको दसैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन्।
