बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार?

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा नेपाली बजारमा अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थियो। मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी,  आज तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बुधबार  सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।  मंगलबार प्रतितोला ११ सय ४० मा कारोबार भएको चाँदीको भाउ बुधबार २५ रुपैयाँले बढेको हो। आज चाँदी   प्रतितोला ११ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp