शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश दिँदै, साधारण सभा कात्तिक १६ मा
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– शिवम् सिमेन्टले आर्थिक २०७७/७८ वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले प्रस्तावित लाभांश वितरण गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले कात्तिक १६ गते छैटौं वार्षिक साधारण सभा डाकेको हो। होटल सोल्टीमा बोलाइएको सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तय संस्थाहरुबाट था कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ।
कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीलाई कम्पनीले भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन आग्रह गरेको छ। यसका लागि कम्पनीले जुम आईडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था गरेको छ।
सम्बन्धित खबर
एमसीसीलाई राष्ट्रिय संकटको विषय भन्दै अर्थमन्त्रीद्वारा राष्ट्रिय सहमतिमा जोड
१९ मंसिर २०८२, बिहीबार
स्थानीय तहको चुनावमा रास्वपाका पुराना कार्यकर्तालाई टिकटको सम्भावना बढी : रवि
१९ मंसिर २०८२, बिहीबार
मिटर ब्याजपीडितको समस्या समाधान नभएसम्म काठमाडौं छाड्दैनौं : संघर्ष समिति
१९ मंसिर २०८२, बिहीबार
