सगरमाथा आधार शिविरमा ‘फेसन शो’
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं– सगरमाथा आधार शिविरमा ‘फेसन शो’ हुने भएको छ। हिमालको संरक्षण तथा जैविक संरक्षणमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले बिहीबार आधार शिविरमा फेसन शो गरिने आयोजकले जनाएका छन्।
कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्मसले नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएमई बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेसनल सेरिकल्चर कमिसन लगायतका अन्य संस्थाको सहयोगमा आयोजना गरेका हुन्।
आधार शिविरमा विश्वका विभिन्न १३ देशका अन्तरार्ष्ट्रिय मोडलहरुले सहभागिता जनाउने आयोजकले बताएका छन्। इटाली, डेनमार्क, पोल्याण्ड, रसिया, नेदरल्याण्डस, फिनल्याण्डसहित नेपालका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन्। क्याप्टेन विजय लामाले पनि आफ्नो प्रस्तुति दिने बताइएको छ।
जलवायु परिवर्तनको विषयमा सचेतना फैलाउन र हिमाली प्रदुषणलाई निरुत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको स्पष्टीकरण : शेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन
२७ मंसिर २०८२, शुक्रबार
‘नाडा अटो शो’को छेकोमा प्यासेन्जर इभीको आयात साढे तीन गुणाले बढ्यो
२७ मंसिर २०८२, शुक्रबार
सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड
२७ मंसिर २०८२, शुक्रबार
