दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– वाणिज्य बैंकहरुले गत आवको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म सानिमा र माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेका हुन्।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।
सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
त्यसैगरी माछापुच्छ्रेले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
दुवै बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लागु हुनेछ।
सम्बन्धित खबर
नोभेम्बर ८ देखि ३३ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउँदै अमेरिका
१९ मंसिर २०८२, बिहीबार
रश्मिलाज् फेसियल हाउसले ल्यायो दशै तिहार अफर , ५० % सम्म छुटको
१९ मंसिर २०८२, बिहीबार
चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण
१९ मंसिर २०८२, बिहीबार
