साहस उर्जाको आईपिओमा १७ लाख बढिको आवेदन, भर्न कहिले सम्म पाइन्छ ?

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

८ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा शुक्रबारसम्ममा १७ लाख बढीले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार दिउसो साढे २ बजेसम्ममा १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानीकर्ताहरूले असोज १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp