बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला
Heading2
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ।
प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य तोकिएको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।त्यसैगरी मेरो सेयरबाट समेत आवेदन दिन सकिने जनाइएको छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।
