अफगान महिलाको अधिकारका लागि भन्दै संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर प्रदर्शन
अन्तराष्ट्रिय
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि सयौं महिलाहरूले प्रदर्शन गरेका छन्।
अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले अफगानिस्तानका महिलाको मानवअधिकार सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूको अधिकार स्थापित गर्न राष्ट्रसंघलगायत विश्वको ध्यान जानुपर्नेमा प्रदर्शनकारीले जोड दिएका थिए।
प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि आग्रह गरेका थिए।
तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ।
शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्था गरिएको जनाएको छ।
सम्बन्धित खबर
प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
१९ मंसिर २०८२, बिहीबारबिजुलीकाे बजार हाेइन, खपत हुने क्षेत्र खाेज्नुपर्छ : अर्थमन्त्री शर्मा
१९ मंसिर २०८२, बिहीबार
सबै बैंकले बेस रेट घटाएसगैं कर्जाको ब्याजदर सस्तियो, वाणिज्य बैक एक नम्बर
१९ मंसिर २०८२, बिहीबार
