दोस्रो दिनमै बुद्धभूमिको आइपीओमा झण्डै ११ लाखले गरे आवेदन

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

१२ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा झण्डै ११ लाख आवेदकले आवेदन दिएका छन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार मंगलबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा १० लाख ९० हजार ३३३ जना आवेदकले १ करोड ४१ लाख ५० हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणमा कुल रू। ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । दोस्रो दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि मागभन्दा १९ गुणा बढी आवेदन परेको हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज १४ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp