कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य

बैंकिङ BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

१३ असोज, काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को–ब्राण्ड कार्ड जारी गरिने छ ।

कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यस कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अनोज रिमालज्यूले बताए । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो ।

त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ । यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गरे ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp