Banking Khabar
अर्थतन्त्र

‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता, विशेष छुटसँगै विभिन्न उपहार जित्ने मौका

September 29, 2021
सेयर:

१३ असोज, काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको छ । यो योजना ११ आजदेखि सुरु भएर २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

क्याम्पियनअन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ।

नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्कीमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्कीम सफल बनाउन सवैलाई सफलता मिलोस् भनि शुभकामना व्यक्त गरे ।