ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार पुन: ओरालो लागेको छ।

बुधबार ५०.५८ अंकले बढेको सेयर बजार बिहीबार भने पुन: ओरालो लागेको हो। बिहीबार सेयर बजार परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा पुग्दा कारोबार बन्द भयो।

बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.४१ अंकले ओरालो लागेर ५९७.०५ विन्दुमा पुग्यो।  बिहीबार ट्रेडिङ, अन्य र म्युचुअल फण्ड बाहेक अरु सबै समूह ओरालो लागे।

बिहीबार बजारसँगै कारोबार रकम पनि घट्यो। बिहीबार सेयर बजारमा ३ अर्ब ७ करोड २९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भयो। बुधबार भने ५ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहीबार कूल ७३ लाख २१ हजार १० कित्ता सेयर किनबेच भए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp