भायानेटले ल्यायो ‘दसैंमा बडा स्पिड, बडा टीभी’ अफर
काठमाडौं- भायानेट बडादसैंमा आफ्ना ग्राहकहरुलाई विशेष प्याकेजसहित ‘भायानेट बडा दसैंमा, बडा स्पिड, बडा टीभी अफर’ ल्याएको छ।
कम्पनीले उक्त योजनाअन्तर्गत साविक मूल्यमै बढी स्पिड भएको इन्टरनेट र भाया टीभी प्याकेज उपलब्ध गराउने भएको छ। साथै, ३२ र ५५ इञ्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने कम्पनीले जनाएको छ।
‘यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भाया टीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भाया टीभी प्याकेजसँगै एमआई एण्ड्रोइड टीभी बण्डल गरेको छ। यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टीभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्ने छन्।’
सम्बन्धित खबर
जीवन विकासको सेयरमा लगातार सर्किट ब्रेकर, एक कित्ताको ३९ सय रुपैयाँ
१९ मंसिर २०८२, बिहीबार
धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओमाथि तत्काल अनुशन्धान र कारबाहीको माग
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकद्वारा ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार, रायसुझाव दिन आग्रह
१९ मंसिर २०८२, बिहीबार
