सिटिजन्स बैंकले शुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा
१७ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले आफना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।
हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको जनाएको छ ।
यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम, १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
कर्जा प्रवाहमा धितो सुरक्षण : उपत्यकामा ३० प्रतिशत, अन्त ४० प्रतिशतसम्म
१९ मंसिर २०८२, बिहीबार
विरगंजमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा
१९ मंसिर २०८२, बिहीबार
राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना
१९ मंसिर २०८२, बिहीबार
