संग्रिला डेभलपमेन्ट बैंकको साढे १० प्रतिशत लाभांश प्रस्ताव
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
हाल २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ रहेको बैंकको चुक्तापुँजी बोनस शेयर वितरणपश्चात ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ।
सम्बन्धित खबर
गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% छुट
१९ मंसिर २०८२, बिहीबार
हिमालयन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
१९ मंसिर २०८२, बिहीबार
भारतद्वारा २ सय अर्ब रुपैयाँ बराबरको ३ हजार किलो अफगान हेरोइन जफत
१९ मंसिर २०८२, बिहीबार
