घटस्थापनामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

२० असोज, काठमाडौं । भोलि बिहीबार दसैँको घटस्थापनाको सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली भोलि बिहीबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि भोलि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार बिहीबार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp