सानिमा बैंकले गर्यो दिर्घायु बचत योजना अन्तर्गत १० लाख भुक्तानी
१ भदौ, काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । उक्त बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम दिएको हो ।
बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंकको अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका हुन् । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटिएम संचालनमा रहेका छन् ।
सम्बन्धित खबर
राष्ट्रिय वाणिज्य बैंक, युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता
१९ मंसिर २०८२, बिहीबार
सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट
१९ मंसिर २०८२, बिहीबार
प्रभु बैंकका तलबी ग्राहकहरुले फोनलोनबाट २ लाखसम्म ऋण पाउने
१९ मंसिर २०८२, बिहीबार
