बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट हुने, ९६% आवेदकले शेयर नपाउने

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

२० असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ । आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

क्यापिटलका अनुसार बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार आवेदकबाट कुल २ करोड ६९ लाख २० हजार बढी कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३६ गुणाभन्दा बढी हो।

आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाउने छन्। यो हिसाबले साढे २० लाख बढीको हात खालि हुने भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp