सानिमा बैंकको ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२४असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आज असोज २४ गतेबाट ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे।
यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यज्यूले गरेका छन्।
उद्घाटन् समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सम्बन्धित खबर
संस्था संकटमा छ भने बचतको ५% रकम मात्र दिनू : सहकारी महासंघ
१९ मंसिर २०८२, बिहीबार
गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट
१९ मंसिर २०८२, बिहीबार
सहकारी पहिचान सहितको कोप कार्ड शुभारम्भ
१९ मंसिर २०८२, बिहीबार
