सिभिल बैंकको डेपुटी सीइओमा सचिनजङ्ग रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ्ग अनुभव

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सिभिल बैंकको नायव प्रमुख कार्यकारी (डेपुटी सीइओ)मा अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागु हुने गरी डेपुटी सीइओमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गर्नु भएका रायमाझीले राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल २१ बर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरिसकेका छन् । उनले नायव प्रमुख कार्यकारी अधिकृतको भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp