Banking Khabar
Heading3

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीलाई लस्कर फुड्समा विशेष छुट

October 10, 2021
सेयर:

२४ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरि सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ।