Banking Khabar
Heading3

टरिगाउँ विमानस्थलका लागि ५५ लाख विनियोजन

September 28, 2021
सेयर:

दाङ – दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि ५५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ।

वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए।

विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन। बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन। विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन। त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ। विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ।

यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ। रासस