महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

२४ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राँगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp