गरिमा विकास बैंकले एक अर्ब बरावरको ऋणपत्र निष्कासन गर्दै
गरिमा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल १० लाख कित्ता ऋणपत्र मध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा रेटिङले कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्राएनपी इस्युआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । , साथै मध्यम के्रटिड जोखिम रहेको जनाउँछ ।
सम्बन्धित खबर
कामना सेवा बैंक द्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण
बैंकहरूले बचतमा ब्याजदर धेरै बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन
गरिमा विकास बैंकका ग्राकहले सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने
