प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर आजदेखि लिलामीमा

Heading2 BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज (मंगलवार)देखि संस्थापक सेयर लिलाम विक्री खुला गर्ने भएको छ। कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कात्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ। आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन्।

यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp